काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपमा सरकार किन मौन रहेको भन्दै प्रश्न उठाएको छ।
संसदीय दलका नेता भिष्मराज आङदेम्बेले प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारका आरोपमा अरूमाथि छानबिन हुने तर उच्च पदस्थमाथि नहुने प्रवृत्ति सुशासनविपरीत भएको बताए।
उनले सरकारले निष्पक्ष छानबिन नगरेको भन्दै लोकतान्त्रिक अभ्यास कमजोर बनिरहेको टिप्पणी गरेका छन्।


