काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डले नेपाललाई २२१ रनको संशोधित लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण खेल ३९ ओभरमा झारिएपछि लक्ष्य पनि परिवर्तन गरिएको हो।
स्कटल्यान्डले २४३ रन बनाएपछि नेपाललाई डकवर्थ–लुइस नियमअनुसार २२१ रनको लक्ष्य दिइएको हो।


