काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको मर्यादित व्यवहार आवश्यक रहेको भन्दै संसद्को गरिमामाथि प्रश्न उठाएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले मर्यादा पालना नगरे संसद्को सम्मान कमजोर हुने बताएका छन्।
नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठक छोडेर बाहिरिएको घटनाप्रति पनि उनले टिप्पणी गरेका छन्।


