काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पुराना राजनीतिक दलले विद्यालयलाई कार्यकर्ता उत्पादन गर्ने माध्यम बनाएको आरोप लगाएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विद्यालयको उद्देश्य सक्षम नागरिक उत्पादन गर्नु भए पनि विगतमा त्यसलाई दलीय प्रभावमा पारिएको टिप्पणी गरे।
पराजुलीले अबको लक्ष्य दलीयकरण हटाएर दक्ष नागरिक र सक्षम प्रशासनिक संरचना निर्माण गर्नु हुनुपर्ने बताए। उनले नयाँ पुस्ताले देखेको शैक्षिक सुधारको दृष्टिकोण आत्मसात गर्न सरकारलाई आग्रह गरे।


