Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > न्यायाधीश नियुक्तिमा ‘दलीय कोटा’ भन्दै रास्वपाको प्रश्न

न्यायाधीश नियुक्तिमा ‘दलीय कोटा’ भन्दै रास्वपाको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायाधीशहरूको नियुक्तिमा दलीय कोटा प्रयोग भएको आरोप लगाउँदै प्रश्न उठाएको छ।

प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले न्यायपालिकाको निष्पक्षतामाथि गम्भीर आशंका व्यक्त गरे।

उनले दलको प्रभावमा नियुक्त भएका न्यायाधीशका कारण न्यायालयप्रति जनविश्वास कमजोर भएको भन्दै राज्यका तीनै अंगबीचको सन्तुलन बिग्रन नहुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *