काठमाडौं । राप्रपा नेता ज्ञानेन्द्र शाहीले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयमा सरकारको कडा आलोचना गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अव्यवस्थित बस्ती व्यवस्थापन गर्नुपर्ने भए पनि अमानवीय शैली स्वीकार्य नहुने बताए।
शाहीले गरिबको आश्रय भत्काउँदा सरकार संवेदनशील नदेखिएको आरोप लगाउँदै मानवीय संवेदनामाथि डोजर चलाएर विकास सम्भव नहुने टिप्पणी गरे।


