विराटनगर । जोगवनी नाकाबाट नेपाल प्रवेश गर्न अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने भएको छ।
मोरङ प्रशासनले अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न सीमा सुरक्षामा कडाइ गरेको हो। नाकामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ भने तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ।
प्रशासनले भारत आवतजावत गर्ने नागरिकलाई परिचयपत्र साथमा राख्न आग्रह गर्दै सुरक्षा जाँचलाई नियमित बनाइएको जनाएको छ।


