काठमाडौँ — काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा गरेको सवारी जाँचका क्रममा २,२१२ चालकलाई कारबाही गर्दै २७ लाख ५७ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
मापसे, रातोबत्ती उल्लंघन, तीव्र गति, लेन क्रस र एकतर्फी जस्ता नियम उल्लंघनका कारण कारबाही गरिएको हो। ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी नचलाउन र शंका लागेमा प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।


