काठमाडौं । सरकारले मन्त्रालय संरचना पुनर्संरचना गर्दै मन्त्रालय संख्या घटाउने निर्णय गरेको छ।
नेपाल सरकार मन्त्रिपरिषद् को बुधबार बसेको बैठकले अब प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय कायम गर्ने निर्णय गरेको हो।
यसअघि २१ मन्त्रालय रहेकोमा अब ३ वटा मन्त्रालय घटाइने भएको छ।


