काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा बजार ४.१५ अंक (०.१५ प्रतिशत) ले घट्दै २,७४०.२५ विन्दुमा बन्द भएको हो।
दिनभर ३३९ कम्पनीका ५६ लाखभन्दा बढी कित्ता सेयर ४२ हजारभन्दा बढी पटक किनबेच हुँदा कुल कारोबार २ अर्ब ८० करोड रुपैयाँभन्दा बढी पुगेको छ।
बजारमा ८२ कम्पनीको मूल्य बढ्दा १७६ कम्पनीको घटेको छ भने १२ कम्पनी स्थिर रहेका छन्। कारोबारमा एसियन हाइड्रोपावर सर्वाधिक नाफामा रहँदा धौलागिरी लघुवित्तलगायत केही कम्पनीहरू सबैभन्दा धेरै घाटामा परेका छन्।


