काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको संसद् उपस्थितिको सुनिश्चितता माग गरेका छन्।
बुधबार बसेको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीका लागि स्पष्ट रुलिङ गर्न सभामुखसँग आग्रह गरेका हुन्। १५ मिनेट स्थगितपछि सुरु भएको छलफलमा सभामुखले प्रधानमन्त्रीसँग संवाद गरेर प्रक्रिया अघि बढाउने बताएका छन्।
सांसद पद्मा अर्यालले पनि प्रधानमन्त्रीको उपस्थितिबिना नीति तथा कार्यक्रममाथिको छलफल अघि नबढाउनुपर्ने धारणा राखेकी छन्।
विवादबीच सभामुखले छलफल जारी राख्दै प्रधानमन्त्रीसँग समन्वय गर्ने आश्वासन दिएका छन्।


