Friday, June 05, 2026
Home > मुख्य समाचार > राजनीतिमा संलग्न कर्मचारीमाथि कडा कारबाहीको चेतावनी

राजनीतिमा संलग्न कर्मचारीमाथि कडा कारबाहीको चेतावनी

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन कडा चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै राजनीति गरे सेवाबाट हटाउन सकिने जनाएको हो।

मन्त्रालयले संविधान र निजामती सेवा ऐनअनुसार कर्मचारी राजनीतिक रूपमा तटस्थ र निष्पक्ष हुनुपर्ने उल्लेख गरेको छ। राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध हुने, सदस्यता लिने वा चुनाव लड्ने कर्मचारीमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

सरकारले यस्ता गतिविधिमा संलग्न कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर गर्दै सेवाबाट हटाउन सकिने स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *