Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सभामुखको संकेत : प्रधानमन्त्रीले नै दिनेछन् नीति कार्यक्रमको जवाफ

सभामुखको संकेत : प्रधानमन्त्रीले नै दिनेछन् नीति कार्यक्रमको जवाफ

काठमाडौं । प्रतिनिधिसभामा जारी अवरोधबीच सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिन अप्रत्यक्ष संकेत गरेका छन्।

बुधबार विपक्षीको लगातार अवरोधपछि बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गर्दै सभामुखले प्रधानमन्त्रीबाट जवाफ दिने कार्यसूची तय गरेका हुन्।

बैठकको सूचनामा सभामुख अर्यालले भने-“सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष ०८३/८४ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र सम्मानीय प्रधानमन्त्रीबाट जवाफ दिनका लागि समेत प्रतिनिधिसभा नियमावली ०७९ नियम ३८ को उपनियम १ बमोजिम वैशाख ३१ गतेका दिन तोकेको जानकारी गराउन चाहन्छु” ।

विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अडान राख्दै दिनभर बैठक अवरुद्ध गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *