Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > असार १ देखि एसईई पूरक परीक्षा

असार १ देखि एसईई पूरक परीक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको एसईई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षा असार १ गतेदेखि ९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। नियमित परीक्षामा अनुत्तीर्ण भएका तथा ग्रेड सुधारका लागि आवेदन दिएका विद्यार्थीहरू परीक्षामा सहभागी हुन पाउनेछन्।

परीक्षा नियन्त्रण कार्यालयले प्रवेशपत्रसहित समयमै परीक्षा केन्द्रमा उपस्थित हुन सबै परीक्षार्थीलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *