Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री संसदमा अनुपस्थित, कांग्रेस सचेतक राईको आपत्ति

प्रधानमन्त्री संसदमा अनुपस्थित, कांग्रेस सचेतक राईको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसदलाई बेवास्ता गर्न थालेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीको अनुपस्थितिलाई लोकतान्त्रिक अभ्यासका लागि राम्रो संकेत नभएको बताए। उनले संसदलाई ‘चिया चौतारी’ नभई देशको महत्वपूर्ण संस्था भन्दै यसको गरिमा कायम राख्नुपर्नेमा जोड दिए।

राईले प्रधानमन्त्रीको नियमित अनुपस्थितिलाई लिएर प्रतिपक्षको माग जायज रहेको दाबी गर्दै, संविधानअनुसार सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताए।

उनले संसदभित्र उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने माग यथावत रहेको पनि स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *