Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वडा सचिवलाई धम्की दिने युवक काठमाडौंबाट पक्राउ

वडा सचिवलाई धम्की दिने युवक काठमाडौंबाट पक्राउ

दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको आरोपमा २२ वर्षीय प्रकाश खड्का पक्राउ परेका छन्।

सुर्खेत घर भई हाल काठमाडौंको शंखमुल बस्दै आएका खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री कार्यालयको नाम लिएर धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *