Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नीति तथा कार्यक्रम अस्पष्ट र जनअपेक्षा विपरीत : पद्मा अर्याल

नीति तथा कार्यक्रम अस्पष्ट र जनअपेक्षा विपरीत : पद्मा अर्याल

काठमाडौं । नेकपा (एमाले)की सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको अपेक्षाअनुसार नभएको टिप्पणी गरेकी छन्।

प्रतिनिधिसभामा बिहीबार भएको छलफलमा उनले नीति र कार्यक्रम स्पष्ट रूपमा छुट्ट्याउन नसकिएको भन्दै आलोचना गरिन्। “नीति हो कि कार्यक्रम ? स्पष्ट छैन,” भन्दै उनले दस्तावेजमा दृष्टि र कार्यान्वयनको आधार दुवै कमजोर देखिएको बताइन्।

अर्यालले जनताको आशा र भरोसा सम्बोधन नभएको उल्लेख गर्दै अघिल्ला सरकारका राम्रा कामहरू समेत समेट्नुपर्नेमा जोड दिइन्। साथै, ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्ता अघिल्ला नाराहरू हटाइनु पनि असन्तुष्टिको कारण भएको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *