Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रचण्ड–बाबुरामविरुद्धको ‘युद्ध अपराध’ रिटमा आज निर्णय सुनाइने

प्रचण्ड–बाबुरामविरुद्धको ‘युद्ध अपराध’ रिटमा आज निर्णय सुनाइने

काठमाडौं । तत्कालीन प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईविरुद्ध दायर ‘युद्ध अपराध’ सम्बन्धी रिटमा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहितको पूर्ण इजलासमा पेसी तोकिएको हो। यसअघि समय अभावका कारण निर्णय स्थगित गरिएको थियो।

पूर्वबालसेना लेनिन बिष्टले दायर गरेको रिटमा माओवादी द्वन्द्वकालमा बालसैनिक प्रयोग गरिएको तथा शान्ति प्रक्रियापछि पनि न्याय र क्षतिपूर्ति नदिएको आरोप लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *