काठमाडौं । मन्त्रालय संख्या घटाउने निर्णयपछि मन्त्रिपरिषद्को कार्यविभाजन फेरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा नयाँ जिम्मेवारी तोकेका हुन्।
नयाँ व्यवस्था अनुसार प्रधानमन्त्री बालेनले रक्षा, गृह र प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।
त्यस्तै, स्वर्णिम वाग्ले अर्थ, शिशिर खनाल परराष्ट्र र विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रहेका छन्।
अन्य मन्त्रीहरूलाई पनि पूर्वाधार, कानुन, स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटनलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी पुनः बाँडफाँट गरिएको छ।


