पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले निजी क्षेत्रमाथि डर र त्रास सिर्जना गर्ने व्यवहार गरिरहेको आरोप लगाएका छन्।
पोखरामा आयोजित कार्यक्रममा उनले नियम र कानुनभन्दा बाहिर गएर सरकारले मनपरी ढंगले निजी क्षेत्रका व्यक्तिहरूलाई प्रहरीमार्फत नियन्त्रणमा लिने प्रवृत्ति बढेको बताए।
थापाले सीमा क्षेत्रमा कडाइका कारण सर्वसाधारणले दैनिक जीवनमै समस्या भोग्नुपरेको उल्लेख गर्दै सरकारले नागरिकलाई सहज बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।
उनले संविधान र कानुन सबैका लागि बराबर लागू हुनुपर्ने भन्दै सरकार लहड र सनकका आधारमा चल्न नसक्ने टिप्पणी गरे। साथै, कांग्रेसले प्रतिपक्षमा रहेर पनि सरकारका नीति र कार्यप्रति निरन्तर निगरानी गर्ने बताए।


