Friday, June 05, 2026
Home > विराटनगर समाचार > निर्माण सामग्री महँगिएपछि कोशीका ठेकेदार आन्दोलित, काम ठप्प पार्ने चेतावनी

निर्माण सामग्री महँगिएपछि कोशीका ठेकेदार आन्दोलित, काम ठप्प पार्ने चेतावनी

विराटनगर । निर्माण सामग्रीको मूल्यवृद्धिले व्यवसाय संकटमा परेको भन्दै निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

महासंघले डिजेल, बिटुमिनलगायत सामग्रीको मूल्य अत्यधिक बढ्दा ठेक्का काम घाटामा गएको दाबी गर्दै तत्काल मूल्य समायोजन, आयोजनाको म्याद थप र बजेट व्यवस्थापनको माग गरेको छ।

व्यवसायीहरूले सरकारले माग सम्बोधन नगरे देशभर निर्माण कार्य ठप्प हुने चेतावनी दिएका छन्।

महासंघका अनुसार पछिल्लो मूल्यवृद्धिका कारण निर्माण क्षेत्रमा अर्बौं रुपैयाँको नोक्सानी भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *