Friday, June 05, 2026
Home > स्थानीय समाचार > बाँदर आतंकपछि तेह्रथुममा ‘धपाउने अभियान’, स्थानीय गुलेली बोकेर जङ्गलतिर

बाँदर आतंकपछि तेह्रथुममा ‘धपाउने अभियान’, स्थानीय गुलेली बोकेर जङ्गलतिर

विराटनगर । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर आतंक नियन्त्रण गर्न सार्वजनिक बिदासहित सामूहिक अभियान सञ्चालन गरेको छ।

स्थानीय, जनप्रतिनिधि र कर्मचारीहरू गुलेली तथा मट्याङ्ग्रा लिएर बाँदर धपाउन जङ्गल क्षेत्रमा पुगेका हुन्।

नगरपालिकाका अनुसार बाँदरले अलैँची, फलफूल र तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएपछि किसान पलायन हुन थालेका छन्।

समस्या समाधानका लागि प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *