काठमाडौँ । केपी शर्मा ओलीले जननेता मदन भण्डारी लाई सम्झँदा केवल मित्र गुमाएको पीडा मात्र नभई युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने बताएका छन्।
मदन–आश्रित स्मृति दिवसका अवसरमा जारी सन्देशमा उनले ३३ वर्षअघि दासढुंगामा भएको घटनाले अझै पीडा दिने उल्लेख गरेका छन्।
ओलीले मदन भण्डारीलाई “जनताको बहुदलीय जनवाद”का अगुवा भन्दै त्यसले नेपाली राजनीतिमा वैचारिक मार्गदर्शन दिएको बताए। उनले उक्त विचारलाई “समृद्ध नेपाल, सुखी नेपाली” लक्ष्यसँग जोडिएको राष्ट्रिय अभियानका रूपमा अघि बढाइएको पनि उल्लेख गरे।


