Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपाको वडा अधिवेशन देशभर एकैदिन, संगठन विस्तार तीव्र

रास्वपाको वडा अधिवेशन देशभर एकैदिन, संगठन विस्तार तीव्र

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशभरका वडा तहमा एकैसाथ अधिवेशन गर्दै संगठन विस्तार अभियानलाई अघि बढाएको छ।

आगामी असारमा पहिलो महाधिवेशन गर्ने तयारीसँगै पार्टीले वडास्तरबाट अधिवेशन सुरु गरेको हो। करिब १५०० वडामा आज अधिवेशन हुने बताइएको छ, जहाँ पहिले तदर्थ समिति गठन भइसकेको थियो।

पार्टीका अनुसार देशभर करिब ३००० वडामा तदर्थ समिति गठन भइसकेका छन्, जसमध्ये केहीको अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ।

रास्वपाले वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशनका चरणबद्ध तालिका तय गर्दै असार ७ देखि ९ गते चितवनमा पहिलो केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *