Friday, June 05, 2026
Home > मुख्य समाचार > कामी रिता शेर्पाले ३२औँपटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडे

कामी रिता शेर्पाले ३२औँपटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडे

काठमाडौं । विश्वप्रसिद्ध पर्वतारोही कामी रिता शेर्पाले सगरमाथाको ३२औँ सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः तोडेका छन्।

सगरमाथाको शिखरमा उनी आइतबार बिहान पुगेका हुन्। यससँगै उनले सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने आरोहीको आफ्नो पुरानो रेकर्डलाई विस्तार गरेका छन्।

त्यही दिन आरोही लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथा आरोहण गर्दै महिलातर्फको विश्व कीर्तिमान कायम गरेकी छन्।

पर्यटन विभागका अनुसार एकै दिन दुई फरक ऐतिहासिक उपलब्धि हासिल हुनु नेपालको पर्वतारोहण इतिहासका लागि महत्वपूर्ण क्षण भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *