Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रचण्डको सन्देश: सर्वदलीय सरकार भए साथ, नभए कांग्रेस–एमालेले चलाउन्

प्रचण्डको सन्देश: सर्वदलीय सरकार भए साथ, नभए कांग्रेस–एमालेले चलाउन्

सुर्खेत ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार पुनर्गठन सर्वदलीय सहमतिमा मात्रै हुनुपर्ने बताएका छन्।

वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस वा एमालेसँग अलग–अलग गठबन्धन बनाएर सरकार गठन गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारे।

प्रचण्डले कांग्रेस, एमाले, नेकपा र मधेस केन्द्रित दलहरू सहभागी हुने साझा सरकार बने समर्थन गर्ने, अन्यथा हालकै कांग्रेस–एमाले नेतृत्वको सरकार चलिरहन सक्ने बताए।

उनले सरकारमा जान आफूहरूलाई कुनै हतारो नरहेको पनि उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *