Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > दीर्घकालीन विकासमा ध्यान दिन परराष्ट्रमन्त्री खनालको आग्रह

दीर्घकालीन विकासमा ध्यान दिन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौं ।परराष्ट्रमन्त्री शिशिर खनालले स्थानीय तहहरू अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन विकास योजनामा केन्द्रित हुनुपर्ने बताएका छन्।

टोखा नगरपालिकाको कार्यक्रममा उनले व्यवस्थित शहरी विकास, पर्यटन प्रवर्द्धन र डिजिटल सेवा विस्तारमा जोड दिए। टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा स्थानीय बस्तीमा असर नपर्ने विकल्प खोज्नुपर्ने पनि उनले बताए।

मन्त्री खनालले साङ्ला र विष्णुमती करिडोरलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *