Friday, June 05, 2026
Home > मुख्य समाचार > मलेसिया रोजगारीमा ‘फ्री भिसा–फ्री टिकट’ ठगी प्रयास, म्यानपावर एजेन्ट पक्राउ

मलेसिया रोजगारीमा ‘फ्री भिसा–फ्री टिकट’ ठगी प्रयास, म्यानपावर एजेन्ट पक्राउ

काठमाडौं । मलेसियामा सेक्युरिटी गार्डको काममा जान लागेका सप्तरीका एक युवकसँग सरकारले तोकेको न्यून शुल्कको सट्टा ३ लाख रुपैयाँ असुल्ने प्रयास गर्ने म्यानपावर कम्पनीका कर्मचारी पक्राउ परेका छन्।

‘फ्री भिसा–फ्री टिकट’ नीति अनुसार अधिकतम करिब १० हजार रुपैयाँ मात्र लाग्ने अवस्थामा, सम्बन्धित म्यानपावरले ३ लाख रुपैयाँ माग्दै पासपोर्ट र कागजात रोकिएको आरोप लागेको थियो।

पीडितको उजुरीपछि तीनकुने क्षेत्रमा प्रहरीको सक्रियतामा पैसा लिने क्रममा ती एजेन्ट पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा उनले अन्य कामदारसँग पनि रकम असुल्ने तयारी गरेको खुलेको छ।

प्रहरीले पीडितको राहदानी, श्रम स्वीकृति र हवाई टिकट बरामद गरी उनलाई वैदेशिक रोजगारीका लागि पठाउने प्रक्रिया अगाडि बढाएको छ।

श्रम मन्त्रालयले यस्ता ठगीका घटनाबारे सीधै सम्पर्क गर्न आग्रह गर्दै दोषीमाथि कडा कारबाही हुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *