Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > संस्कृति मन्त्रालयको स्पष्टिकरण: रोस्टर सूची अनिवार्य होइन

संस्कृति मन्त्रालयको स्पष्टिकरण: रोस्टर सूची अनिवार्य होइन

काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका संस्थाहरूमा रिक्त पदपूर्तिका लागि तयार गरिने रोस्टर (सूचिकरण) अनिवार्य मापदण्ड नभएको स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार यो प्रक्रिया आवेदन माग्ने नभई सम्भावित योग्य व्यक्तिहरूको सूची तयार गर्ने अभ्यास मात्र हो। रोस्टरमा नपरेका व्यक्तिहरू पनि नियुक्त हुन सक्ने भएकाले यसले कुनै व्यक्तिको अवसर बन्द नगर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले नियुक्ति प्रक्रियामा राजनीतिक भागबण्डा कम गर्दै योग्य, सिर्जनात्मक र अनुभवी व्यक्तिहरूलाई प्राथमिकता दिने बताएको छ। साथै, विज्ञहरूको स्वतन्त्र मूल्याङ्कनका आधारमा अन्तिम छनोट गरिने पनि उल्लेख गरिएको छ।

मन्त्रालयले यो अभ्यासलाई प्रतिभा पहिचान र संस्थागत सुधारतर्फको कदम भन्दै, आवश्यकता अनुसार प्रक्रियामा सुधार गर्न तयार रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *