बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीले सरकारको डोजर अभियानविरुद्ध प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा ३० हजारभन्दा बढी सहभागी भएको दाबी गरिएको छ।
सरकारले वैकल्पिक व्यवस्था बिना बस्ती हटाएको आरोप लगाउँदै उनीहरूले सडक प्रदर्शन गरेका हुन्। रुपन्देहीका १२ राजनीतिक दलले आन्दोलनलाई ऐक्यबद्धता जनाएका छन्। समितिले समस्या समाधानका लागि ४ जेठमा बुटवलमै राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ।







