सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले सगरमाथाको सफल आरोहण गरेकी छन्। उनी बिहान १०:२० बजे शिखरमा पुगेकी हुन्। सशस्त्र प्रहरी बलबाट सगरमाथा चढ्ने उनी तेस्रो सदस्य बनेकी छन् भने महिला कर्मचारीमध्ये पहिलो आरोहीका रूपमा कीर्तिमान बनाएकी छन्।
पर्वतीय उद्धार तालिमप्राप्त कार्कीले यसअघि चुलु फार इष्ट र लोबुचे हिमाल पनि आरोहण गरिसकेकी छन्। फेन्सिङकी राष्ट्रिय खेलाडीसमेत रहेकी उनी रामेछापकी हुन्। आरोहणमा शेर्पा निमा साङ्गे शेर्पाले सहयोग गरेका थिए।


