Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुन्धारा कारागारबाट महिला कैदी फरार

सुन्धारा कारागारबाट महिला कैदी फरार

काठमाडौं — केन्द्रीय कारागार सुन्धाराबाट २५ वर्षीया महिला कैदी सपना तामाङ फरार भएकी छन्। नुवाकोटकी सपना चारवटा कसुरमा दोषी ठहर भइ जन्मकैद भुक्तान गरिरहेकी थिइन्। उनी शुक्रबार राति कारागारको पर्खाल नाघेर भागेकी थिइन्।

कारागार प्रशासनले फरार भएको १५ घण्टापछि मात्र थाहा पाएको थियो। प्रहरीले उनलाई खोज्न नेपाली प्रहरीको टोली खटाएको छ भने कारागारले आन्तरिक छानबिन सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *