एजेन्सी, जेठ ३, २०८३ — जलवायु परिवर्तनका कारण अस्ट्रेलियामा आवास सङ्कट तीव्र बन्न सक्ने र सन् २०३५ सम्म घरबारविहीनहरूको सङ्ख्या चार गुणासम्म बढ्न सक्ने अध्ययनले देखाएको छ।
अध्ययनअनुसार बाढी, डढेलो, आँधी र अत्यधिक गर्मीजस्ता जलवायुजन्य घटनाले बीमा लागत, निर्माण खर्च र घरभाडा बढाउनेछ। यसले विशेषगरी न्यून र मध्यम आय भएका परिवारमा ठूलो आर्थिक दबाब सिर्जना गर्नेछ।
अनुसन्धानकर्ताहरूले कार्बन उत्सर्जन घटाउने प्रयास भए पनि आवास समस्या दोब्बर हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले जलवायु जोखिमलाई बेवास्ता गर्दा सामाजिक असमानता र आवास अभाव अझ गम्भीर बन्न सक्ने निष्कर्ष निकालेका छन्।


