काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएकी सपना तामाङ पक्राउ परेकी छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति काठमाडौंको न्युरोडबाट पक्राउ गरेको हो।
एसएसपी सन्तोष खड्का का अनुसार तामाङ लुकीछिपी बसेको अवस्थामा फेला परेकी थिइन्।
२५ वर्षीया सपना तामाङ शनिबार राति कारागारको पर्खाल नाघेर फरार भएकी थिइन्। कडा सुरक्षा र २४ घण्टा प्रहरी निगरानी रहेको जेलबाट उनी भाग्न सफल भएकी थिइन्।
प्रहरीका अनुसार उनी यसअघि पनि विभिन्न चोरी, डकैती तथा एक बालिकाको अपहरण र हत्या प्रकरणमा संलग्न रहँदै आएकी थिइन्।


