Friday, June 05, 2026
Home > मुख्य समाचार > आज संसद्का दुवै सदनको बैठक बस्दै

आज संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ।

आजको प्रतिनिधि सभा बैठकमा ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ पेश गरिनेछ। साथै आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रारम्भिक छलफल पनि सुरु हुनेछ।

सांसदहरूले सरकारको बजेट तयारीबारे आफ्ना सुझाव र धारणा राख्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *