Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्राधिकरणको डीआरसी र डीसीआई ठेक्का चिनियाँ कम्पनीलाई

प्राधिकरणको डीआरसी र डीसीआई ठेक्का चिनियाँ कम्पनीलाई

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले विपद् पुनःस्थापना केन्द्र (DRC) र डेटा सेन्टर इन्टरकनेक्ट (DCI) को ठेक्का चीनको कुल्लुन डिजिटल टेक्नोलोजीलाई दिने भएको छ।

एडीबीको ऋण सहयोगमा सञ्चालित यस परियोजनामा कम्पनीले करिब ७ करोड २० लाख रुपैयाँमा ठेक्का कबोल गरेको हो। लामो मूल्यांकन प्रक्रियापछि कुल्लुन डिजिटल छनोट भएको प्राधिकरणले जनाएको छ।

यो परियोजनाअन्तर्गत नवलपरासीमा DRC निर्माण र प्राधिकरणको डेटा सेन्टरमा क्लाउड तथा इन्टरकनेक्ट पूर्वाधार विस्तार गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *