नेप्से परिसूचक सोमबार १.०३ अंकले घटेर झिनो गिरावटमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घट्दै २ अर्ब ४५ करोड रुपैयाँमा सीमित रह्यो।
कुल ४३ हजारभन्दा बढी कारोबारबाट ५८ लाख कित्ता सेयर किनबेच भयो। कारोबारमा ११९ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको घट्यो भने १२ कम्पनी स्थिर रहे।
उपसमूहतर्फ वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, सामूहिक लगानी कोष, निर्जीवन बिमा र व्यापार समूह घटेपछि समग्र बजारमा सामान्य दबाब देखिएको हो।


