काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ हालसम्म ८७.०८ प्रतिशत सम्पन्न भएको छ । वैशाख २ गतेदेखि सुरु भएको गणना असार ७ गतेसम्म चल्नेछ ।
कार्यालयका अनुसार देशभर गणकहरूले घरदैलोमै पुगेर तथ्याङ्क संकलन गरिरहेका छन् र हालसम्म लाखौं फारम तथा हजारौं डिजिटल टोकन वितरण भइसकेका छन् ।
अधिकारीहरूले आर्थिक गणनाबाट देशको व्यवसाय, रोजगारी र उत्पादनसम्बन्धी यथार्थ तथ्याङ्क प्राप्त हुने र यसले संघ, प्रदेश र स्थानीय तहको नीति तथा योजना निर्माणमा महत्वपूर्ण आधार दिने बताएका छन् ।


