Friday, June 05, 2026
Home > मुख्य समाचार > सन्दीप लामिछानेले बनाए विश्वकीर्तिमान, भावुक हुँदै बोले

सन्दीप लामिछानेले बनाए विश्वकीर्तिमान, भावुक हुँदै बोले

काठमाडौं। नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १५० विकेटको विश्वकीर्तिमान कायम गरेका छन्। स्कटल्याण्डमाथि ६ विकेटको जितमा सन्दीपले १० ओभरमा ४७ रन खर्चेर तीन विकेट लिए।

जितपछि म्याच कन्फरेन्समा भावुक सन्दीपले भने, “टियु मैदानमा पहिलोपटक पाइला टेकेर देशका लागि केही गर्ने सपना देखेको थिएँ। धेरै जनाको साथ र सहयोग छ, आगामी दिनमा अझै राम्रो गर्न चाहन्छु।”

सन्दीपको रेकर्डब्रेकिङ प्रदर्शनले नेपाली क्रिकेटमा गौरव थपेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *