कमला पन्त ले निर्माण व्यवसायीहरूको पुरानो भुक्तानी र परियोजनाका समस्याप्रति सरकारको उदासीनताबारे प्रश्न उठाएकी छन्।
राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले व्यवसायीहरू काम रोक्न बाध्य भएको भन्दै तत्काल समाधान आवश्यक रहेको बताइन्।
उनले जनता आवास कार्यक्रम, बजेट व्यवस्थापन र बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रगति तथा सरकारी प्रतिबद्धताबारे पनि स्पष्टता माग गरेकी छन्।


