महावीर पुन ले औद्योगिक विकास र आर्थिक समृद्धिका लागि कच्चापदार्थ आयातमा सहुलियत दिन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभामा विनियोजन विधेयकको छलफलका क्रममा उनले तयारी वस्तुभन्दा कच्चापदार्थमा कर घटाउनुपर्ने बताए।
उनले वर्तमान कर नीतिले स्वदेशी उद्योगलाई महँगो बनाइ प्रतिस्पर्धामा कमजोर बनाएको भन्दै अनुसन्धान, नवप्रवर्तन र पेटेन्ट संरक्षणमा पनि सरकारी सहयोग आवश्यक रहेको जोड दिए।


