नेपाल बार एसोसिएसन ले प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिट दर्ता विवादको सन्दर्भमा विगतको घटनालाई स्मरण गराउँदै सर्वोच्च अदालतको भूमिकाबारे टिप्पणी गरेको छ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल सँगको भेटमा बारले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोग सर्वोच्चले नै खारेज गरेको उदाहरण प्रस्तुत गरेको हो।
बारले संवैधानिक विवादका अवस्थामा पनि अदालत सक्रिय रहेको विगत उल्लेख गर्दै अहिलेको न्यायिक प्रक्रियामा देखिएको अवरोधप्रति चासो व्यक्त गरेको छ।


