Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > इजरायल रोजगारीमा ढिलाइको विरोध गर्दै माइतीघरमा प्रदर्शन

इजरायल रोजगारीमा ढिलाइको विरोध गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । इजरायल रोजगारी प्रक्रियामा भएको ढिलाइ र अन्योलको विरोधमा पीडित उम्मेदवारहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

दुई वर्षदेखि इजरायल रोजगारीको पर्खाइमा रहेका युवाहरूले सरकार र सम्बन्धित निकायको गैरजिम्मेवार कार्यशैलीका कारण आफूहरू अन्यायमा परेको गुनासो गरे।

प्रदर्शनकारीहरूले वैदेशिक रोजगार विभागले पटक–पटक आश्वासन दिए पनि हालसम्म आधिकारिक सूचना नआएको बताएका छन्। उनीहरूले पुराना योग्य उम्मेदवारका लागि छुट्टै कोटा सुरक्षित गर्न र पुनः लक्की ड्रमा सहभागी गराउन नहुने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *