सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित चार जनालाई पक्राउ गरेको छ। मंगलबार राति संयुक्त प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाको साथबाट करिब १५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।


