सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण गर्ने कुनै मनसाय नरहेको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले प्रेसले आफ्नो गरिमा र सीमा कायम राखे सरकारले हस्तक्षेप गर्न नसक्ने बताए।
उनले संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार सुरक्षित रहेको उल्लेख गर्दै जिम्मेवार पत्रकारितामा जोड दिएका छन्।


