काठमाडौं — थापाथली चोकमा ट्राफिक लाइट र जामको विषयलाई लिएर विवाद भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ ले असन्तुष्टि जनाएकी छन्।
जाममा केही समय रोकिएको आफ्नो गाडी ट्राफिकले जाँच गरेपछि उनी गाडीबाट ओर्लिएर ट्राफिक व्यवस्थाप्रति आपत्ति जनाएकी थिइन्। उनले ट्राफिक प्रहरीलाई समन्वय सुधार गर्न सुझाव दिँदै केहीबेरपछि पुनः गाडी चढेर गन्तव्यतर्फ गएकी थिइन्।


