श्रम संस्कृति पार्टीले कोशी प्रदेशको भावी मुख्यमन्त्रीको रूपमा सुदन किराँतीलाई अघि सार्ने तयारी गरेको छ।
पार्टी अध्यक्षले सामाजिक सञ्जालमार्फत किराँतीलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा राय मागेका छन्। पूर्वमन्त्री रहेका किराँती हालै मात्र उक्त पार्टीमा प्रवेश गरेका थिए।


