नेकपा सांसद वर्षमान पुनले सरकारले वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्ति गर्दै न्यायालयमा राजनीति छिराएको आरोप लगाएका छन्।
संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ८० वर्षको न्यायिक इतिहासमै पहिलोपटक चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाइएको भन्दै नियुक्ति प्रक्रियामा हतार गरिएको टिप्पणी गरे।


