काठमाडौँ – करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगञ्ज–पोखरा सिधा उडान मङ्गलबारदेखि केही समयका लागि स्थगित भएको छ। भारतबाट आउने पर्यटकको संख्या कम हुनु र इन्धन खर्च बढ्नु प्रमुख कारण रहेका छन्।
उडान स्थगित भएपछि पश्चिम नेपालको यात्रु र पर्यटन व्यवसायीहरू निराश भएका छन्। अब यात्रुले कम्तीमा १४ घण्टा सडकमार्गबाट यात्रा गर्नुपर्ने बाध्यता आएको छ। उडान १८ सिट क्षमताको क्राफ्ट १९०० डी जहाजमार्फत सञ्चालन हुँदै आएको थियो।


