काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दल उपनेता गणेश पराजुलीले मोरङ–२ का सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोप आधारहीन भएको बताएका छन्।
उपनेता पराजुलीले संसदमा सञ्चारकर्मीसँग कुरा गर्दै, आरोपहरू चरित्र हत्या गर्ने उद्देश्यले आएको र अहिलेसम्म कुनै उजुरी दर्ता भएको पाइएन भने। कार्कीमाथि विदेशी महिलालाई गर्भवती बनाएर छोडेको आरोप आएका थिए।


